एन.आई.सी.एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण ।

DC Digital Photo Studio
0

भुपेन्द्र ओली दोधारा एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । दोधारा चाँँदनी नगरपालिका, कन्चनपुरको समन्वयमा एन.आई.सी. एशिया बैंक, दोधारा चाँँदनीशाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानिय खुसी भएका छन् । 

वडाबाटै भत्ता वितरण शुरु भएपछि आ
फूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताएका छन् ।

जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एशिया बैंक लि. सुदूरपश्चिम प्रदेश प्रमुख सुबास जोशीले बताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरुलाई थप खुसी मिलेको बताए ।

वडा नं. ८ को वडा कार्यालयबाट बिहिबारदेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमबाट जम्मा १,६५० लाभग्राही लाभान्वित हुनेदोधारा चाँँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिएका छन् । 

अब उप्रान्त दोधारा चाँँदनी नगरपालिकाको, वडा नं. ८, ९ र १०को सम्पूर्ण सामाजिक सुरक्षा भत्ता वडा स्तर बाटै बाँडिने यस एन.आई.सी. एशिया बैंक लि., दोधारा चाँँदनीशाखाका शाखा प्रमुख, अशोक कुमार भट्टले जनाएका छन् ।




Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)