दोधारा । दोधारा चाँदनी नगरपालिकामा महिलाको हत्या भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष अन्ताजी ३४ का प्रेम बहादुर बुढाले गएराती आफ्नो श्रीमती वर्ष अन्ताजी वर्ष २२ का द्रोपती बुढाको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेको ईलाका प्रहरी दोधारा चाँदनीले जनाएको छ् । बुढाले आफ्नो श्रीमतीको डोरीले घाँटी कसेर हत्या गर्ने प्रयास संगै शरिरमा बारम्बार चक्कु प्रहारबाट बिभत्स हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ् । प्रहरीलाई प्रेम बहादुर बुढाले आफै फोन गरेर हत्या भएको खबर गरे संगै प्रहरी घटनास्थलमा पुगेको हो ।
रातीनै प्रहरीले प्रेम बहादुर बुढालाई नियन्त्रणमा लिएको बाबाथान प्रहरीका ईन्चार्ज तथा असई पदम बहादुर साँउदले जानकारी दिएका छन् । ईलाका प्रहरी दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले घटनाको बिस्तृत अनुसन्धान भईरहेको बताएका छन् ।‘अनुसन्धान भईरहको छ्’ दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले भने ।
Please don't try to Spam :)