सशस्त्रको साईकल गस्ती : सशस्त्रका कमाण्डर शाहु आफै साईकल गस्तीमा

pappu kalapani
0

दोधारा । लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले साईकल गस्ती शुरु गरेको छ । कोरोना भाईरस (कोडिभ १९)रोकथामका लागि सरकारले आगामी ५जेठ सम्म लकडाउन गर्ने निर्णय संगै सशस्त्र प्रहरीले आज माहाकाली नगरपालिकामा साईकल गस्ती शुरु गरेको हो । पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दुरीको वेवास्ता गर्दै लकडाउन उलंघन हुन थालेपछि सशस्त्र प्रहरीले यस अघि गर्दै आएको पैदल र सवारी साधनको गस्तीपछि साईकल गस्ती गर्न लागिएको बताईएको छ् । सशस्त्र प्रहरी प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले कञ्चनपुर भरी साईकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत जारी गरेको छ । आज शैलेश्वरी गणका गणपति बीर सिह शाहु आफै माहाकाली नगरपालिका क्षेत्रमा साईकल गस्ती सुरु गरेका छन् । माहाकाली नगरपालिकाको मुल सडक खण्ड तथा नेपाल–भारत सिमा क्षेत्र दशगजा क्षेत्रमा साईकल गस्ती गरिएको छ् । समान्यतया सशस्त्र प्रहरीमा उपल्ला दर्जाका वा कमाण्डरहरुले साईकल शोकका लागि चढ्ने भएपनि ३५ नम्बर गणका गणपति शाहु शसस्त्र प्रहरी जवान संगै साईकल चलाएर गएका थिए । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीको साईकलमा गस्तीलाई बाटो देखाउदै अघि हिडेका थिए । झण्डै १५ जना सशस्त्र प्रहरीको साईकल माहाकाली नगरपालिकाका बस्ती, सिमा तथा मुल सडकमा गुड्यो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षकले लकडाउन प्रभावकारी बनाउनका लागि साईकल गस्ती समेत गरिएको बताए । उनका सीमा क्षेत्र, वन क्षेत्र, ग्रामीण भेग बस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साईकल गस्ती गरेर अपराध न्युनिकरणका लागि भूमिका निर्वाह गरेको बताए । माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ । माहाकाली नगरपालिका क्षेत्रमा ४ स्थानमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरि सिमा क्षेत्रमा चौबिसै घण्टा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ् । कोरोना रोकथाम तथा नियन्त्रणका लागी माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीको काममा चौतर्फी प्रशंसा गरिएको छ ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)