दोधारा । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण एक महिना भन्दा लामो समय देखि मुलुक (बन्दाबन्दी) लकडाउनमा छ । मुलुक लकडाउनले सुनसान भए संगै माहाकाली नगपालिकाको सिमा क्षेत्रको चहलपहल पनि शून्य छ् । तर महामारीले मुलुक सुनसान भइरहेको अवस्थामा देशको सीमा क्षेत्रमा भने थप सतर्कता बढाउनुपर्ने हुन्छ । त्यसैले माहाकाली नगरपालिका क्षेत्रमा भारत संग जोडिएका सीमा नाकाबाट हुनसक्ने अवैध प्रवेश रोक्न चुस्त रुपमा निगरानी भइरहेको छ । केही दिन देखी माहाकाली नगरपालिका क्षेत्रमा पानी परिरहेको छ । दिन ढल्किना साथ आकाश गड्याङ गुडुङ गर्छ, हावाहुरी चल्छ र पानी वर्षन थाल्छ । तर पानी परे पनि सशस्त्र प्रहरी भने हावाहुरी र पानीको प्रवाह नगरी माहाकाली नगरपालिकाको भारत संग जोडिएको दुई वटा प्रान्त उत्तराखण्ड र उत्तर प्रदेश सिमावर्ती क्षेत्रमा दिनरात सुरक्षार्थ खटिरहेका छन् । हुनत प्रकृतिले जे जस्तो स्वरुप देखाए पनि प्रहरीको काम सुरक्षा दिने हो, दिइरहेकै छन् । तर पनि यति बेला भने उनीहरुले निकै अप्ठेरो संग राष्ट्रसेवा गरिरहेका छन् । महामारीले ल्याएको समस्या देशका अरु क्षेत्र र निकाय जस्तै सीमा क्षेत्रमा खटिएका प्रहरीले पनि भोगिरहेका छन् । माहाकाली नगरपालिकाको खुल्ला सिमानाको फाईदा उठाउदै भारतबाट लुकीछिपी कोही मानिस नेपाल प्रवेश गर्न नसकुन् भन्दै माहाकाली नगरपालिकाको नेपाल–भारत संग जोडिएको ३५ किलोमिटर दुरीमा रहेको क्षेत्रमा झण्डै १ सय ५० जना सुरक्षाकर्मी खटिएका छन् । तर ती सबैको बसाई भने पालमुनिनै छ् । यस्तो संरचनामा बसेर उनीहरुले देशको सीमा क्षेत्रमा निगरानी गरिरहेका छन् । नेपाल–भारत सिमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हालै मात्र ४ वटा अस्थायी बेस क्याम्प खडा गर्दै सीमा क्षेत्रको निगरानी शुरु गरेको हो । सीमा क्षेत्रमा अस्थायी बेस क्याम्पको कारण दिनहु जसो रातको समयमा आउने हावाहुरी सहितको पानी र चट्याङले निगरानी गर्ने प्रहरीलाई सकस भएका समाचार श्रोतको भनाई रहेको छ् । सीमा क्षेत्रको नजिकै प्रहरीले पाल टाँगेर चेकपोष्ट निर्माण गरेको छ् । दिनभरि घामले सताउछ भने राती परेपछि हावाहुरी र पानी पर्छ । यस्तो अवस्थामा सीमाको निगरानीका लागी परिचालन गरिएका सशस्त्र प्रहरीले कसरी ज्यान बचाउने आफैमा चिन्ताको विषय छ् । गृह मन्त्रालयको निर्देशन अनुुसार माहाकाली नगरपालिकाको सिमावर्ती क्षेत्रमा चौबीसै घण्टा सशस्त्र प्रहरी परिचालन गरिएको छ् । माहाकाली नगरपालिकाले उनिहरुका लागी आजै निर्णय गरि उनिहरुको लागी खाने पानी र चााउ चाउ उपलब्ध गराउने निर्णय गरेको छ् । माहाकाली नगरपालिकाले सिमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको लागी बिद्युत, बस्नको ब्यवस्था गरेको माहाकाली नगरपालिकाका नग प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । नगर प्रबक्ता सिजालीले सशस्त्र प्रहरी सिमा क्षेत्रमा दिन रात सुरक्षार्थ खटिने भएको हुदा उनिहरुको लागी माहाकाली नगपालिकाले बिशेष ध्यान दिदै आएको बताएका छन् ।
दोधारा चाँदनीको सीमानामा रातभरी बसेर निगरानी
May 08, 2020
0

Tags
Please don't try to Spam :)