माहाकाली नगरपालिकामा आईसोलेसन वार्ड स्थापना

pappu kalapani
0
(ईमेज तस्बिर)
दोधारा । माहाकाली नगरपालिका वडा नंं २ खानेपानी कार्यालयको भवनमा आईसोलेसन वार्ड स्थापना गरिएको छ् । माहाकाली नगरपालिकाका क्वारेन्टाईनमा र्‍यापिड जाँच पछि पोजिटिभ रिर्पोट आएपछि उनिहरुका लागी राख्न माहाकाली नगरपालिका वडा नंं २ खानेपानी कार्यालयको भवनमा आईसोलेसन वार्ड स्थापना गरिएको बताईएको छ् । पालिकाका क्वारेन्टाईनमा र्‍यापिड जाँच पछि अझै सम्म भिमदत्त नगरपालिका स्थित रहेको महाकाली अञ्चल अस्पताल पठाउने गरिन्थ्यो । भिमदत्त नगरपालिकाको आईसोलेसन वार्डमा कोरोनाको शंका लागेका ब्यक्तीलाई राख्ने स्थान नभएको कारण माहाकाली नगरपालिकाले आज देखि माहाकाली नगरपालिका वडा नंं २ खानेपानी कार्यालयको भवनमा आईसोलेसन वार्ड स्थापना गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । प्रथम चरणमा १० सैयाको आईसोलेसन वार्ड स्थापना गरिएको छ् । १० शैयाको आईसोलेसन स्थापना गर्दै माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले माहाकाली नगरपालिकामा कोरोना नियन्त्रणमा कुनै प्रयास बाँकी नरहने बताएका छन् । कोरोना एक ब्यक्तिबाट सजिलै अर्को ब्यक्तिमा सर्न सक्ने भएकोले सबै नगरबासीमा सजगता अपनाई सुरक्षित रहन समेत आग्रह गरिएको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)