रेडक्रस उपशाखा दोधाराले क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाउदै

pappu kalapani
0

दोधारा । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई खाजा खुवाउने कार्य अघि बढाएको छ् । कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमेर घर फिर्ता भएका माहाकाली नगरपालिकाका बिभिन्न बिद्यालयहरुमा स्थापना भएका क्वारेन्टाईनमा राखिएको छ् । माहाकाली नगरपालिकामा स्थापना भएका २५ निजी तथा सामुदायिक बिद्यालयहरुमा माहाकाली नगरपालिकाले क्वारेन्टाईन स्थापना गरि भारतबाट आएका स्थानियहरुलाई राखेको छ् । उनिहरुको ऱ्यापिड जाँच गरि १४ दिन क्वारेन्टाईनमा राखेर होम क्वारेन्टाईनमा पठाईदै आएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले भारतबाट आएर क्वारेन्टाईनमा बसेका स्थानियहरुलाई आज देखि खाजा खुवाउने कार्य अघि बढाएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापति राजेन्द्र मल्लले जानकारी दिएका छन् । रेडक्रस उपशाखा दोधारा आफ्नो सेवा क्षेत्र माहाकाली नगरपालिकाको वडा नं. ६ देखि वडा नं. १० का क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई खाजा खुवाउने कार्यक्रम अन्तर्गत आज पुर्णागिरी आधारभुत बिद्यालय र नवयुग आधारभुत बिद्यालयमा रहेका १ सय ३३ जनालाई बिहानको खाजा खुवाएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापति राजेन्द्र मल्लले बताएका छन् ।  क्वारेन्टाईनमा बसेका सबै ब्यक्तिहरुलाई १ पटक नास्ता खुवाउने अभियान अन्तर्गत भोली पनि अन्य स्थानमा रहेका क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई खाजा खुवाउने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले जनाएको छ् । उक्त बेला नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका पदाधिकारीको समेत उपस्थिती रहेको थियो ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)