‘दुई तिहाईको सरकारबाट जनताले के पाए ?’
June 08, 2020
1
दोधारा । नेपाली काग्रेंस क्षेत्रिय सभापति गोपाल भट्टले जनता कोरोना महामारीको संकटमा भईरहदा बर्तमान सरकार कानमा तेल हालेर सुतेका आरोप लगाएका छन् । देशमा माहामारीको कारण जनता चपेटामा परेको बेला दुई तिहाईको सरकारले पिसिआर जाँच कछुवाको गतीमा अघि बढाएको बताउदै बर्तमान सरकार जनता प्रति उत्तरदायी नभएको उनले आरोप लगाएका छन् ।
माहाकाली नगरपालिकाको बिभिन्न बिद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा अबलोकन गर्दै क्वारेन्टाईनमा बसेकाहरुलाई मास्क तथा चाउचाउ बितरण गर्ने क्रममा नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्टले यस्तो बताएका हुन् । माहाकाली नगर क्षेत्रमा रहेका झण्डै २८ वटा क्वारेन्टाईनमा नेपाल सरकारले पिसिआर टेष्टमा कमजोरी गरेको बताउदै तत्तकाल जनताको स्वास्थ्य माथी खेलवाड गर्ने कार्य बन्द गर्ने समेत बर्तमान सरकारलाई उनले अनुरोध गरेका छन् । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा दुई तिहाईको सरकारले जनताको स्वास्थ्य माथी खेलवाड गरि चरम लापरवाही गरेको भन्दै नेपाली काग्रेंसले उक्त कार्यको घोर बिरोध गर्दै चाडै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत नेपाल सरकारलाई ध्यानअकार्षण गर्ने बताए ।
नेपाली काग्रेंस माहाकाली नगर कार्य समिति माहाकालीको आयोजनामा माहाकाली नगरपालिका स्थित निमार्ण गरिएको क्वारेन्टाईनमा पुगी क्वारेन्वटाईनमा बसेका स्थानियहरुलाई भेटघाट संग उनिहरुको लागी चाउचाउ र मास्क बितरण कार्यक्रममा नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सभापती डम्मर चन्द, नगर सचिव राजेन्द्र मल्ल ठकुरी, नगर उपसभापती चन्द्र सिंह बिष्ट, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट, तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना लगाएत नेपाली काग्रेंस संग आस्था राख्ने स्थानियहरुको सहभागिता रहेको थियो । नेपाली काग्रेंसको टोलीले पशुपती आधारभुत बिद्यालय, महाकाली माध्यमिक बिद्यालय, पुर्णा आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय, मालिका आधारभुत बिद्यालय, शारदा सरस्वती माध्यमिक बिद्यालय नोवेल एकेडेमी बोर्डिङ्ग स्कुलमा निमार्ण गरिएका कवारेन्टाईनमा बसेका स्थानियहरु संग भेट गरि उनिहरुको अवस्था बुझ्नुको साथै चाउचाउ र सर्जिकल मास्क प्रदान गरेका हुन् । कोरोना भाईरसको कारण भारतबाट रोजगारी गुमेर घर फर्केका स्थानिहरुले आफुहरुलाई पिसिआर जाँचको लागी पहल गरिदिन माँग राखेको नेपाली काग्रेंस माहाकालीका नगर कार्य समिति उपसभापती चन्द्र सिंह बिष्टले बताएका छन् । उनका अनुसार माहाकाली नगर क्षेत्रमा रहेका सबै क्वारेन्टाईनमा पुगेर अवस्था बुझी नेपाल सरकारलाई दबाव दिने कार्यक्रमको तयारी भईरहेको हो । यस अघि नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिको आयोजनामा माहाकाली नगरपालिकालाई रु. ५० हजार बराबरको खाद्यान्न प्रदान गरेका हो ।
Tags



सत्तामा जब एमाले काग्रेस कुरो काट्छ?जब काग्रेस सत्ता हुन्छ अनि एमाले कुरो काट्छ?हरे भगवान कोहि पनि आवस बिकास गर्ने कोहि होइना?खाली कुरोको जरा तान्यो एक अर्का प्रती खिचा तानी गर्यो बस्यो अहि एक मात्रै नेपाली चिन्ने तरिका हो?चाहे नेपालिहरुलाइ देश मा पनि हेर्नुस बिदेशमा पनि हेर्नुस खाली कुरो काट्ने बाहेक अरु कुनै काम आउदैन????
ReplyDelete