काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कोरोना परीक्षण बिनै अस्पतालबाट घर फर्काउन स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र सरकारको गैरजिम्मेवार निर्णय भएको बताएका छन् । उनले सरकारको निर्णयको विरोध गर्दै निर्णय सच्याउन सरकारसँग माग गरे । कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. ३ का नेता कार्यकर्तासँगको अन्तक्र्रिया कार्यक्रममा उनले परीक्षण बिनै घर पठाउने निर्णय सरकारको गैरजिम्मेवार निर्णय भएको दावी गरे । ‘सरकार गैरजिम्मेवार बन्दै गएको छ । तीनै तहका सरकारबीच समन्वय भएको देखिँदैन । स्वास्थ्य मन्त्रालयको परिपत्रले पनि थप महामारी फैलाउने निश्चित छ,’ उनले भने, ‘परीक्षण बिनै अस्पतालबाट घर पठाउने भन्ने सरकारको परिपत्रले कोरोना थप भयावह हुने निश्चित छ ।’उनले सरकारसँग कोरोना रोकथाम र नियन्त्रणका लागि कुनै स्पष्ट कार्ययोजना नभएको दावी गर्दै सरकारको क्षमतामाथि प्रश्न गरे ।‘देशभरमा १२/१३ सय जनालाई मात्र उपचार गर्ने व्यवस्था गरेको थियो पाँच महिनामा । तर अहिले संक्रमित संख्या ह्वात्तै बढेपछि सरकार अत्तालिएको छ,’ उनले भने, ‘अब संक्रमितको उपचार गर्ने सरकारको क्षमता नै छैन । त्यसैले परीक्षण नै नगरी घर पठाउने निर्णय गरेको हो । यसको विरोध गर्नुपर्छ । परीक्षण बिनै घर पठाउँदा घर परिवार, छिमेक हुँदै सिँगो बस्तीलाई नै जोखिम बढाउने निश्चित छ । उनले कांग्रेसका स्थानीय नेता कार्यकर्तालाई क्वारेन्टाइन व्यवस्थापनमा लाग्न आग्रह गरे । स्वास्थ्य जोखिमलाई ख्याल गरेर कोरोना नियन्त्रणमा स्थानीय सरकारसँग समन्वय गर्न नेता लेखकले आग्रह गरे ।‘कांग्रेको उपस्थिति देखिएको छ । कांग्रेसले राम्रो समन्वय गरिरहेको छ । स्वास्थ्य जोखिमलाई ख्याल गरेर काम गर्न आग्रह । यसलाई निरन्तरता दिनुपर्छ, उनले भने, ‘सरकार पक्षका मान्छेहरु आफूले गर्नुपर्ने काम पनि नगर्ने अनि अरुले गर्दा राजनीति गर्न खोजिरहेका छन् । कांग्रेसका साथीहरु चनाखो भएर आफ्ना कुरा स्पष्ट पार्नुपर्छ ।’
Post a Comment
2CommentsPlease don't try to Spam :)
Post a Comment
कुरो त सत्य नै हो।सरकार सरोकार र सबै पार्टिहरु यो महासंकटको बेलामा हातेमालो गरेर जानू उचित हुन्छ।यहाँ त मैले देखेको सरकार आफु खुशी पनि नगर्ने र कसैले गरिरहेको सहयोग गर्दा नानाथरिको क्रुड शासन लगाएर बाध्री बनाउने जहिल्यै सरकार आफूलाइ बलियो देखाउन खोजिरहन्छ?यदि यस्तै पारा हो भने लक डाउन मात्रै थप गर्ने अर्बौं अर्ब रुपैयाँ कोरोनाको जाचको लागि खर्च भयो भनेर भन्ने हो भने यस्तो पाराले नेपालमा नेपाली हैजा जस्तै यो कोरोना भाइरस फैलिए सरकार जनताले कसरी बाच्ने?जनताले के खाने?खाली लक्डाउन भनेको छ आफू भित्रै बसेर खाएको छ तर कठै वर जताबाटै जनताले दुख भोग्नु पर्ने????के हो चाला सरकार?कम से कम यो महासंकट बेला केही त जनताको लागि गर्नु पर्यो????
ReplyDeletesab chor hun
Delete