क्वारेन्टाईनमा बसेकाहरुलाई समाजसेवी भिम कुमालले गरिदिए चिया र तातो पानी खाने ब्यवस्था

pappu kalapani
0

पप्पु गुरुङ्ग, दोधारा । समाजसेवी भिम कुमालले माहाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका स्थानियहरुलाई चिया र तातो पानी खानेको ब्यवस्था गरिदिएका छन् । समाजसेवी भिम कुमालले हिजो माहाकाली नगरपालिकाको वडा नं. ३ स्थित रहेको सनसाईन बोर्डिङ्ग स्कुल, पुर्णा आधारभुत बिद्यालय, गणेश आधारभुत बिद्यालय र हरिओंम आधारभुत बिद्यालयको क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई तातो पानी र चिया खानेको ब्यवस्था गरिदिएका हुन् । प्रत्येक क्वारेन्टाईनमा एक थान ग्यास र चुलो, चिनी तथा चायपत्ती लगाएत प्रदान गरेको समाजसेवी भिम कुमालले जानकारी दिएका छन् । हिजो क्वारेन्टईनमा आफै पुगी तातो पानी र चिया खानको लागी उक्त सामग्रही हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यमा केही महिना देखि माहाकाली नगरपालिकालाई सघाउदै आएका कुमाल नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक समेत हुन् । क्वारेन्टाईनमा बसेकाहरुलाई चिया तथा तातो पानीको ब्यवस्था गरिदिएपछि स्थानियहरु खुशी ब्यक्त गर्दै कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा माहाकाली नगर क्षेत्रमा भिम कुमालको उल्लेखनिय भुमिका रहदै आएका बताईएको छ् । समाजसेवी भिम कुमालले माहाकाली नगरपालिकाका सबै क्वारेन्टाईनमा मध्यवर्ती सामुदायिक बन संग दाउराको समन्वय गरि चिया र तातो पानी ब्यवस्था गर्ने योजना रहेको बताएका छन् । माहाकाली नगरपालिकाका सबै क्वारेन्टाईनमा अवस्था बुझ्दै आएका कुमालले केही सदन अघि क्वारेन्वटाईनमा बसेका र झाडा पखाला तथा ज्वरो आएकाहरुलाई स्वास्थ्यकर्मीलाई आफु संग लगेर उपचारमा समेत खटिएका हुन् । बिगतका दिनहरुमा पनि माहाकाली नगरपालिका संग समन्वय गरि माहाकाली नगरपालिकाका जनताहरुको लागी नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमालले सघाउदै आएको माहाकाली नगरपालिकाले जनाएको छ् । ‘महामारीको बेला आफुहरुले सक्दो सहयोग गर्ने प्रयास गरेको हु’ भिम कुमालले भने । बिगतमा सिमा क्षेत्रमा खटिदै आएका सुरक्षाकर्मीहरुलाई पानी तथा चाउचाउ बितरण गर्नूको साथै, प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री माहाकाली नगरपालिकालाई चेक रु. ५० हजार, चाउचाउ, बिस्कुट तथा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पानी, सेनीटाईजर, मास्क, पिपिइ सेट लगाएत सामग्री प्रदान गरेका हुन् । माहाकाली नगर क्षेत्रमा कोभिड १९ को बेला माहाकाली नगपालिकालाई अझै सम्म बढी ब्यक्तीगतरुपमा सहयोग गर्ने दाताको रुपमा चिनिएका छन् । समाजसेवी कुमालको कोरोना नियन्त्रण तथा रोकथाममा अहम भुमिका रहदै आएको भन्दै स्थानियहरुले प्रशंसा गर्दै आएका छन् ।


Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)