दोधारा चाँदनीका क्वारेन्टाईनमा बसेकाहरुलाई सामाजसेवी शुरेस गिरीले दिए मासु चिउ

pappu kalapani
0

दोधारा । माहाकाली नगरपालिका वडा नं. १० को बिद्यालयमा बसेकाहरुका लागी मासु चिउरा दिएका छन् । माहाकाली नगरपालिका वडा नं. १० स्थित हरिओंम आधारभुत बिद्यालय, ओंमकार आधारभुत बिद्यालय र नोभाईस बोर्डिङ्ग स्कुलमा निमार्ण गरिएका क्वारेन्टाईनमा बसेका झण्डै ३ सय स्थानियहरुलाई माहाकाली नगरपालिकाका नगर प्रमुखको सचिवालयका स्वकीय तथा नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सदस्य शुरेस गिरीको ब्यक्तीगत तर्फबाट माहाकाली नगरपालिका वडा नं. १० स्थित हरिओंम आधारभुत बिद्यालय, ओंमकार आधारभुत बिद्यालय र नोभाईस बोर्डिङ्ग स्कुलमा निमार्ण गरिएका क्वारेन्टाईनमा बसेका झण्डै ३ सय स्थानियहरुलाई मासु चिउरा खुवाईएको शुरेस गिरीले बताएका छन् ।

 कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमेर फर्केका माहाकाली नगरपालिकाका बिभिन्न क्वारेन्टाइनमा झण्डै २ हजार ७ सय स्थानियहरु बस्दै आएका छन् । नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सदस्य शुरेस गिरीले आफ्ना साथीहरु संग क्वारेन्टाईनमा पुगेर मासु चिउरा खुवाएको बताईएको छ् । क्वारेन्टाईनमा बसेकाहरुले शुरेस गिरीको सामाजिक कार्यको प्रशंसा समेत गरेका थिए । माहाकाली नगरपालिकाको कार्यमा आफुले थोरै भएपनि सघाउन प्रयास गरेको नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सदस्य शुरेस गिरीले बताएका छन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)