दोधारा । माइती नेपाल कञ्चनपुरले विपन्न परिवारका लागि सामुदायिक भान्सा अभियान सुरु गरेको छ् । लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवार तथा महिला, बालबालिकाहरुका लागी मंगलबारबाट सामुदायिक भान्सा अभियान सुरु गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । लामो समय सम्म भएको बन्दाबन्दी कारण दैकिन ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेको भन्दै माइती नेपालले सो अभियानको सुरु गरेको हो ।
५६ दिन सम्म चल्ने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एक महिलाहरुलाई एकछाक पोषिलो खाना खुवाइने माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । उहाँले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार बढी मारमा परेकाले आफुहरुले उनीहरुका लागी सामुदायिक भान्सा अभियानको सुरु गरेको बताउनुभयो । ‘अहिले धेरै जसो क्षेत्रमा बन्दाबन्दीका कारण आम नागरिकलाई साँझा बिहानको छाक टार्न समस्या परेको छ’ संयोजक भट्टले भन्नुभयो ‘यस्तो बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठुलो सहयाग पुग्ने हामीले आशा गरेका छौ ।’ उहाँका अनुसार झण्डै दुई महिना चल्ने अभियानमा जिल्लामा रहेका अतिविपन्न र बन्दाबन्दीको मारमा परेका परिवारलाई बढी प्राथमितामा राखिने छ् । माइती नेपाल, युएन ओमन तथा स्थानीय तहको समन्वयमा संचालन गरिएको अभियानमा दैनिक दुई सय ५० जना महिला तथा बालबालिकालाई पोषिलो खाना खुवाइने छ । अभियानको पहिलो दिन भिमदत्त नगरपालिका १८ सालघारी स्थित सुकुम्बसी शिविर तथा दलित बस्तीमा पोषिलो खाना वितरण गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ । अभियानमा भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले यस्तो अभियानमा नगरपालिकाले सधै सहयोग गर्ने बताउनुभयो ।


Please don't try to Spam :)