लकडाउनको कारण चुल्हो निभ्न लागेका अपांग भएकाहरुका घरमा एनएनएसडब्लुएको सहयोग

pappu kalapani
0

दोधारा । एनएनएसडब्लुएले माहाकाली नगरपालिकामा बसोबास गर्ने अपांग भएकाहरुलाई राहत सामग्री प्रदान गरेको छ् । लकडाउनको कारण घरमा चुल्हो जल्न समेत समस्या भएकाहरुका लागी । एनएनएसडब्लुए कञ्चनपुरले माहाकाली नगरपालिकामा रहात सामग्री पठाएको छ् । कोभिड १९ को कारण क र ख बर्गका अपांग भएका ब्यक्तीहरुलाई दैनिक खाद्यान्न तथा ब्यक्तीगत स्वास्थ्यमा सरसफाईमा समेत समस्या उत्पन्न भएको बताउदै माहाकाली नगरपालिका संग समन्वय गरि राहत सामग्री पठाईएको । एनएनएसडब्लुएका प्रतिनिधी राज कुमार सुनारले बताएका छन् ।

 माहाकाली नगरपालिकामा बसोबास गर्ने २ सय ४ जना क र ख बर्गका अपांग भएका ब्यक्तीहरुलाई राहत सामग्री पठाईएको एनएनएसडब्लुएका प्रतिनिधी राज कुमार सुनारले जानकारी दिएका छन् । प्रत्येक अपांग भएका ब्यक्तीहरुलाई १५ केजी मसिनो चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ सय ग्राम मसाला, १ सय ग्राम खुर्सानी, ८ सय ग्राम चिनी, १ सय ग्राम चियापत्ती, १ पिस टुथपेष्ट, २ पिस टुथ ब्रस, १ पिस सेनिटाईजर, नुहाउन र कपडा धुने साबुन १–१ पिस, मास्क २ पिस, कोभिड १९ सम्बन्धी सचेतनामुलक पुस्तीका १ थान रहेको छ् । अपांगहरुलाई पठाईएको उक्त सामग्री चाडै वडा स्तरबाट बितरण गर्ने माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा एनएनएसडब्लुए कञ्चनपुरले बिभिन्न समयमा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको भन्दै माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले एनएनएसडब्लुएका टोलीलाई बिशेष धन्यबाद दिएका छन् । लकडाउनका कारण समस्यामा परेका अपांगता भएकाहरुलाई एनएनएसडब्लुएले राहत पठाएको खबर पाएपछि खुशी हुदै राहतले उनीहरुको दैनिकी चलाउन सहज हुने बताएका छन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)