निर्धन उत्थान वित्तिय संस्था दोधारा चाँदनीद्धारा मुटु रोगीलाई सहयोग

pappu kalapani
0

 

पप्पु गुरुङ्ग, दोधारा । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आफनो संस्थामा आबद्ध मुटु रोगले पिडित सदस्यका श्रीमानलाई सामाजिक उत्तरदायित्व अन्र्तगत राहत रकम वितरण गरेको छ् । माहाकाली नगरपालिका वार्ड नं. ७ स्थित संसारीटोल महिला समुहकी सदस्य पानसरी देवी बिटालुको श्रीमान अशोक सिंह बिटालु बिगत लामो सयम देखि मुटुको ग्रसित रहदै आएको हुदा संस्थाले राहत स्वरुप सामाजिक उत्तरदायित्व अन्र्तगत राहत रकम रु. ५ हजार नगद रकम हस्तान्तरण गरेको छ् । कार्यक्रममा बोल्दै माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेकले संस्थाको यो पवित्र कार्यको खुलेर प्रशंसा गर्दै  माहाकाली नगरपालिका क्षेत्रमा नेपालकै पहिलो तथा ठुलो लघुवित्त निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बिगत सात वर्ष अगाडी देखि निरन्तर रुपमा वित्तिय तथा गैर वित्तिय सेवा दिदै बिपन्न परिवारका सदस्यहरुले बिनाधितो सामुहिक जमानीमा कर्जा लिइ सिप मुलक तथा ब्यवसायिक मुलक कार्य गरि यस क्षेत्रका स्थानियले आफनो जीवन स्तरमा सुधार गरेको देख्दा खुसी ब्यक्त गर्दै संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्ने कुरामा जोड दिनुका साथै आगामी दिनहरुमा समेत यस्ता पिडित सदस्यहरुलाई सहयोग गर्नु पर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै मुख्य शाखा प्रमुख दुखीराम बुढाथोकीले भने निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले बिगत तीन दशक देखि बिपन्न परिवारको आफनै घरको सदस्यझै भएर निर्धन उत्थानले साथ सहयोग दिएको र हालै विश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामको लागि संस्थाले रु. २८ लाख नेपाल सरकारको खातामा सहयोग स्वरुप जम्मा गरेको कुरा बताउनुका साथै आगामी दिनहरुमा समेत समुह सदस्यहरुको सुख दुखको साथी भएर अगाडी बढने बताए । कार्यक्रममा शाखाका लेखापाल दिब्यश्वर अवस्थीले यस शाखाले हाल सम्म बाढीडित ३३ जना, हावाहुरी पिडित १६ जना र ब्लडक्यान्सर पिडित १ जनालाई र्आिर्थक राहात सहयोग गरेको बताए । उक्त कार्यक्रममा समुह सदस्य, स्थानियहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी रमेश बुढाथोकीले गरेका थिए ।

 


Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)