दोधारा । गएरातीको अबिरल वर्षाको कारण माहाकाली नगरपालिका वडा नं. १० गिरी टोलमा डुवान परेको छ् । वर्षाको कारण गिरी टोलमा रहेको हरिओंम आधारभुत बिद्यालय डुवानमा पर्नुको साथै स्थानिय मिन बहादुर सिंह, भरत बहादुर शाहा, रण बहादुर शाही, डम्मर शाही, जनक शाही र बिरेन्द्र शाहीको घरमा पानी पसेको स्थानिय शुरेश गिरीले जानकारी दिएका छन् । डुवानको अवस्था बुझ्न नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री रघुनाथ भट्ट, दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल, सदस्य कोमल उपाध्याय, स्थानिय शुरेश गिरी लगाएत रहेका छन् । वर्षाको कारण सास्ती ब्यवहोर्नु परेको भन्दै स्थानियहरुले वर्षाको पानी निकासाको ब्यवस्था गर्न माहाकाली नगरपालिकालाई अनुरोध गरेका छन् ।
अबिरल वर्षाको कारण डुवान : अवस्था बुझ्न रेडक्रसकर्मी दोधाराको गिरी टोलमा
August 14, 2020
0
Tags
Please don't try to Spam :)