दोधारा । बर्तमान सरकार गफाडी सरकार भएको नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले आरोप लगाएका छन् । माहाकाली नगरपालिकामा आज कार्यकर्ता भेट गर्न पुगेको नेता लेखकले यस्तो बताएका हुन् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तमान सरकार गफ दिने सरकार मात्रै भएको बताएका छन् । माहाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा बनाउने भन्ने कुरा बर्तमान सरकारको गफ मात्रै भएको बताउदै नेपाली काग्रेंसको सरकारको पालोमा योजना बनाई निमार्ण अघि बढाईएको महाकाली नदीको ४ लेनको पुल ‘हामीले बनाएका हौ’ भन्ने नेकपाको सरकारको नेताहरुले जनता झुक्याउने काम बाहेक केही नगरेको उनको भनाई छ् । ‘नेकपाका नेताहरु जनतालाई झुक्याउने काम मात्र गर्छन् । काम गर्ने भनेको नेपाली काग्रेंसको सरकार हो’ नेता लेखकले भने । सुख्खा बन्दरगाहा निमार्ण कार्य स्थल निक्र्यौल गर्न अझै सम्म नसकेको बताए । बर्तमान सरकारले सुख्खा बन्दरगाहा निमार्ण गर्न कुनै हालतमा नसक्ने दाबी गर्दै सुख्खा बन्दरगाहा निमार्णको कार्य नेपाली काग्रेंसको सरकारले महाकाली ४ लेनको पक्की पुल, लगाएत माहाकाली नगरपालिकामा जगबुडा नदीमा पुलको निमार्ण कार्य अघि बढाएर सुख्खाबन्दरगाहाको निमार्ण कार्यको थालनी गरिसकेको बताएका छन् । तर, नेकपाको सरकारले सुख्खा बन्दरगाहाको निमार्ण कार्यको ठाँउ समेत निक्र्यौल गर्न नसकेको नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बताएका छन् । ‘कहिले मायापुरी सामुदायिक बन भन्छन, कहिले कञ्चनभोज क्षेत्र भन्छन् । अझै सम्म ठाँउनै फिक्स गर्न सकेका छैनन्’ नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले भने । उनले वर्तमान सरकार देश र जनताको पक्षमा काम गर्न असफल भएको आरोप लगाएका छन् । बर्तमान सरकार बाट जनता आत्तिसकेको भन्दै अव, जनता सचेत हुनु पर्ने नेता लेखकको भनाई रहेको छ् । यो बर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । बर्तमान दुई तिहाईको सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए । कार्यकर्ता भेटमा माहाकाली नगरपालिकाको बिभिन्न वडामा पुगेका नेता लेखकले १ सय २५ जना बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेंस गर्नेहरुलाई स्वागत र सम्मान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा पुर्व प्रधान पञ्च बिजय बहादुर नेपालीका घर परिवार नेपाली काग्रेंसमा प्रबेश गरेका छन् । राप्रपाको नेता तथा पुर्व प्रधानपञ्च बिजय बहादुर नेपालीका पुरै परिवार सहित १ सय २५ जना नेपाली काग्रेंसमा प्रबेश गरेको नेपाली कांग्रेंस माहाकालीका सचिव राजेन्द्र मल्लले जानकारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा पुर्व प्रधान पञ्च बिजय बहादुर नेपाली यस क्षेत्रकै प्रख्यात ब्यक्ती हुन् । उनको केही वर्ष अघि मात्रै स्वर्गवास भएको हो । बिजय बहादुर नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टीका दरिलो खम्बाकोरुपमा यस क्षेत्रमा परिचित ब्यक्ती थिए । तनबिर नेपाली सहित उनका घरका राज प्रकाश सुनार, रमेश कुमार सुनार राप्रपा परित्याग गरि कांग्रेंसमा प्रबेश गरेको घोषणा गरेका छन् । उनिहरु सबैलाई नेपाली कांग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकले सम्मान पत्रका साथ सम्मान गर्दै अबिर लगाएर पार्टी प्रबेश गराएका हुन् । यस्तै कार्यकर्ता भेटमा माहाकाली नगरपालिका नगरपालिकाका बिभिन्न वडामा पुगेका नेता लेखकले बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेंसमा प्रबेश गर्नेहरुको सम्मान सहित स्वागत गरेका छन् । कार्यकर्ता भेट गर्न पुगेका नेपाली कांग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकले माहाकाली नगरपालिका वडा नं. १० मा सशस्त्र प्रहरी बल (एपीएफ) को ‘बोर्डर अब्जर्भर पोष्ट’ (बिओपी) स्थापना गर्ने तयारीमा रहेको क्षेत्रको समेत अनुगमन गरेका थिए । कार्यकर्ता भेटघाट कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाली काग्रेंसका तर्फ देखि प्रदेश सभाका उम्मेदवार बेल बहादुर राना, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल दत्त भट्ट, नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्द लगाएत नेपाली काग्रेंस माहाकालीका पदाधिकारी तथा कार्यकर्ताको उपस्थित रहेको थियो । भोली पनि माहाकाली नगरपालिका क्षेत्रमा नेता लेखकले कार्यकर्ता भेट गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेंस माहाकाली नगरकार्य समितिले जनाएको छ् ।

Please don't try to Spam :)