दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी सम्मानित भएका छन् । शुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशालयको प्रदेश स्तरिय वार्षिक समिक्षा गोष्ठीमा माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चोधरी सम्मानित भएका हुन् । डाक्टर चौधरीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरिय समक्षिा गोष्ठी–२०७६/०७७ मा शुदुरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउन हुने स्थानिय तह, स्वास्थ्य संस्था, कर्मचारीलाई सम्मान गर्ने कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीलाई सम्मान गरेको हो । शनिबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीलाई सम्मान पत्र सहित नगद रु. २० हजार हस्तान्तरण गरेका हुन । शुदुरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा बिशिष्ठ सेवा गरेबाफत शुदुरपश्चिम स्वास्थ्य निर्देशालयले उक्त सम्मान प्रदान गरेको हो । कोभिड १९ को बेला जनताको स्वास्थ्यको लागी आफ्नो ज्यान जोखिममा राखी जनताको सेवामा कटिबद्ध रहदै आएका डाक्टर चौधरी माहाकाली नगरपालिकाबासीले खुबै रुचाएका डाक्टर हुन् । रात दिन खटिदै आएका डा. चौधरीमा माहाकाली नगरबासीको उच्च सम्मान रहेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । शुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशालयको प्रदेश स्तरिय वार्षिक समिक्षा गोष्ठीमा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर सम्मानित भएकोमा नगर प्रबक्ता सिजालीले खुशी ब्यक्त गर्दै माहाकाली नगरपालिकाका जनताका लागी रात दिन नभनी सेवामा रहेका डाक्टर चौधरीलाई सम्मानित गरेकोमा शुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयलाई धन्यबाद दिएका छन् । प्रदेश स्वास्थ्य सेवा पुरस्कारका लागि सुदूरपश्चिम प्रदेश सरकारले यहाँका नौ बटै जिल्लाबाट स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने पालिकालाई छनौट गरेर स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित गरेको हो । कञ्चनपुरका नौ वटा स्थानीय तह मध्ये सबै भन्दा उत्कृष्ट काम गरेको भन्दै बेदकोट नगरपालिका पुरस्कारका लागि छनौट भएको हो ।

Please don't try to Spam :)