दोधारा भुपेन्द्र ओली। कन्चनपुरको दोधारा चाँदनीमा नदिकिनारा क्षेत्रका २७ घर नदीको डुबानमा परेका र एक घर भत्केको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण महाकाली र जोगबुडा नदीमा आएको बाढीका कारण नदीमा पानीको
बहाव बढेर ती घर डुबानमा परेका हुन्। दोधारा चाँदनी नगरपालिका-८ जर्खा टोलमा २०
घर,सुन्दरनगरमा १ र दोधारा चाँदनी नगरपालिका-३ जमुना घाडी मा ६ घर गरि २७ घर
डुबानमा परेका छन् भने दोधारा चाँदनी नगरपालिका-८ जर्खा टोलमा बिरबल मगरको घर
भत्केको छ । घर डुबानमा परेपछि जनप्रतिनिधि, सुरक्षा कर्मी र
स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका
साथै सामानसमेत निकालेर अन्यत्र सारिएको दोधारा चाँदनी नगरपालिका-८ का वार्ड अध्यक्ष्य ओम प्रकाश रोकायाले जानकारी दिएका
छन।
पानी पर्न थालेकाले दुई-तीन दिनदेखि यहाँका मानिस नदी छेउमा घर भएका कारण घर छाडेर बाहिरै बस्दै आएका र शनिबार बिहान आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित बिरबल मगरले बताए। दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा महाकाली नदीले जोगबुडा नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेको र जोगबुडा नदी किनाराका बस्ती डुबानमा परेका छन् ।
त्यसै गरि जोगबुडा नदि
थुनिदा सिमा सुरक्षा बल पोस्टहरु पनि डुबानमा परेकाछन दोधारा चाँदनी नगरपालिका-७
स्थित कन्चाभोज सिमा सुरक्षा बल पोस्ट र दोधारा चाँदनी नगरपालिका-८ स्थित सुन्दरनगर
सिमा सुरक्षा बल पोस्ट समेत डुबेको सुन्दरनगर सिमा सुरक्षा बल पोस्टका सशस्त्र प्रहरी निरीक्षक सैलेन्द्र चैसिरले बताए ।

Please don't try to Spam :)