सनसेटले मनायो विश्व आत्महत्या रोकथाम दिवश

DC Digital Photo Studio
0

 

    


   भुपेन्द्र ओली । सनसेट नेपालको आयोजना तथा दोधाराचाँदनी नगरपालिका र एनएनएसडब्लुए,डिसिए,स्वीट नेपाल,निडस नेपाल,टिपीओ नेपाल,संजीवनी नेपाल लगायत संस्थाको सहकार्यमा आज दोधाराचाँदनी नगरपालिकाको हलमा विश्व आत्महत्या रोकथाम दिवश भब्यताका साथमा सम्पन्न भएको छ ।

 उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी श्याम सिह चौधरी,एनएनएसडब्लुएका कार्यक्रम अधिकृत प्रभुनिधि पन्त,मेलमिलापकर्ता गगन खत्री,टिपिओ नेपालका पुर्ण बहादुर क्षेत्री,स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा लगायतले प्रशिक्षण दिनुभएको थियो ।


उक्त कार्यक्रमको अध्यक्षतामा सनसेट नेपालका अध्यक्ष रमेश भण्डारीको अध्यक्षता र प्रमुख अतिथि दोधाराचाँदनी नगरपालिकाका नगरप्रमुख किशोक कुमार लिम्बु,उपप्रमुख गंगा जोशी र प्रहरी प्रमुख श्याम सिह चौधरी हुनुहुन्थ्यो ।

कार्यक्रममा दोधाराचाँदनीमा रहेका एक सय भन्दा बढी युवा युवतीहरुको सहभागिता रहेको थियो उनीहरुलाई आत्महत्या लाई न्युनीकरण गर्ने बिषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा नगरप्रमुखले युवाहरु लाई हरेक सचेतनामुलक कार्यक्रममा सहयोग गर्ने कुरा राख्नुभएको थियो ।

कार्यक्रमको उदेश्यबारे स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले गरेका थिए भने कार्यक्रम संचालन सनसेटका सल्लाहाकार पुनम थापामगरले संचालन गरेकी थिईन भने कार्यक्रममा सनसेटका निर्मला सुनार,गिता सुनारले गरेका थिए । कार्यक्रममा सहभागीहरुका समस्या सुझाव लगायतका कुराहरुमा समेत अन्तक्रियाको माध्यमबाट सम्बोधन गरिएको थियो । अन्तमा हामी कोही पनि आत्महत्या गर्देनौ,अरुलाई गर्ने दिदैनौ भन्ने प्रतिबद्धता सहित कार्यक्रमको समापन गरियो ।

 


Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)